Logo

च्याम्पियन्स लिगः बेन्फिकाको घरेलु मैदानमा लिभरपुलको शानदार जित



काठमाडौं, २३ चैत । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले बेन्फिकामाथि जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

बेन्फिकाको घरेलु मैदानमा भएको खेलमा इब्राहिमा कोनाटेले १७औं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३४औं मिनेटमा साडियो मानेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

तर, खेलको ४९औं मिनेटमा बेन्फिकाका डार्विन नुनेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

खेलको ८७औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

यस जितसँगै लिभरपुलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot