Logo

आईपीएलमा आज कोलकत्ता र मुम्बई भिड्दै



काठमाडौं, २३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ ।

पुने स्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुने खेलमा कोलकत्ता नाइट राइडरर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

तालिकाको दोस्रो स्थानमा रहेको कोलकत्ता आज तेस्रो जित निकाल्दै शीर्ष स्थानमा समेत उक्लन चाहन्छ ।

यस्तै, दुई खेलमा दुई हार ब्यहोरेको मुम्बई आज पहिलो जितको खोजीमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot