Logo

बुढानिलकण्ठ नगरपालिकास्थित वडा नम्बर ४ मा निःशुल्क स्वास्थ्य शिविर



काठमाण्डौ, चैत २४ । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकास्थित वडा नम्बर ४ मा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र नेपाली कांग्रेसको वडा नम्बर ४ कार्यसमितिको संयुक्त आयोजनामा स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा बालरोग, नाक कान घाँटी, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी, आँखा र दाँत परिक्षण गरिएको छ । साथै भिडियो एक्सरे सेवा पनि शिविरमा दिइएको वडा नम्बर चारका वडाध्यक्ष श्याम खड्काले जानकारी दिए ।

शिविरमा काठमाण्डौ मेडिकलका चिकित्सक, नर्स, ल्याव प्राविधिकलगायतले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरबाट करिब ४ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर पाँचका सभापति श्याम बहादुर खड्का, क्षेत्र नम्बर ५ ख का सभापति राजु खड्कालगायतको सहाभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot