Logo

पाकिस्तानमा आर्थिक संकट, बैंकहरुमा ब्याजदर १२ प्रतिशत नाघ्यो



एजेन्सी, २६ चैत्र । पाकिस्तानमा आर्थिक संकट बढ्दै गएको छ । स्टेट बैंक अफ पाकिस्तानले ब्याजदर बढाएर साँढे १२.२५ प्रतिशत पुर्याएको छ ।

गत हप्ता एशियाली विकास बैंकले पाकिस्तानको आर्थिक वृद्धि घटेर ४ प्रतिशतमा झरेको जनाएको छ । पाकिस्तानमा विदेशी मुद्राको संचिती समेत घट्दै गएको छ ।

राजनीतिक अस्थिरतासँगै पाकिस्तानको रुपियाँ डलरको तुलनामा निकै कमजोर हुँदै गएको छ । विश्व बजारमा इन्धनको मूल्य बढ्नु, मुद्रा स्फिती हुनु, विश्वव्यापी खाद्यान्नको मूल्य बढ्नुले झन् असरहरु पाकिस्तानको अर्थतन्त्रमा परेको एशियाली विकास बैंकले जनाएको छ ।

रुस र युक्रेनबीचको युद्धले विश्व बजारमा परेको असरबाट पाकिस्तान पनि प्रभावित भएको छ । अर्कोतर्फ, त्यहाँ राजनीतिक अनिश्चितताले संकटहरु आउन थालेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot