Logo

रुसले युक्रेनमा खतरनाक सैनिक कमाण्डर खटाएपछि…



एजेन्सी, २८ चैत्र । रुसले युक्रेनमाथि नयाँ रणनीतिका साथ युद्ध बढाउन थालेको छ । यसका लागि खतरनाक मानिएका सैनिक कमाण्डरलाई खटाइसकेको छ ।

जनरल अलेक्जान्ड भोर्निकोभ युक्रेनविरुद्धको युद्धका लागि रुसले खटाएका नयाँ कमाण्डर हुन् । उनी रुसको दक्षिणी क्षेत्रको कमाण्ड सम्हाल्दै आएका थिए ।

६० वर्षीय भोर्निकोभले सन् १९९० को दशकमा चेचेन्याको युद्धमा भाग लिएका थिए । सिरियामा रुसी सैनिक कारबाहीमा पनि उनले कमाण्ड गरेका थिए ।

सन् २०१४ मा रुसले क्रिमियामाथि कब्जा जमाएपछि भोर्निकोभले उक्त क्षेत्रको कमाण्ड सम्हाल्दै आएका थिए । खतरनाक सैनिक कमाण्डको परिचय बनाएका उनीमाथि कठोर शैलीमा आक्रमणहरु गरेको आरोप छ ।

रुसले खतरनाक सैनिक कमाण्डरलाई खटाएलगत्तै पूर्वी युक्रेनमा नयाँ युद्ध तयारीहरु भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दशौं हजार सैनिकसहित रुस पूर्वी युक्रेनमा केन्द्रित भएको बताएका छन् । उनले रुसी आक्रमणको सामना गर्न थप सैन्य सहयोगको आग्रह गरेका छन् ।

रुसले युक्रेनको राजधानी किभबाट सैनिक फर्काएर पूर्वतर्फ आफूलाई केन्द्रित गरेको छ । अब दोन्बास क्षेत्रमा युद्ध केन्द्रित हुने अवस्था बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot