Logo

लक्ष्मी आदर्श युवा क्लवलाई महालक्ष्मी विकास बैंकको सहयोग



काठमाडौं, ४ बैशाख । महालक्ष्मी विकास बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लव, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई सामाग्री हस्तान्तरण गरेको छ । बैंकले लक्ष्मी आदर्श युवा क्लव शिशुवालाई डस्टविन सहयोग गरेको हो ।

बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लवलाई १० थान डस्टवीन हस्तान्तरण गरेको हो । बैंकले हाल १०३ शाखाहरुबाट कोर बैकिङ्गका सेवाहरु मात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई प्रभाकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot