Logo

प्रचण्डको दाबी : हामीले भरतपुर नै चाहिन्छ भनेको छैन्, जहाँ दिएपनि हुन्छ (भिडिओसहित)



काठमाडौं, ५ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले ६ वटा महानगरमध्ये एक पाउने बताए । तर, भरतपुर महानगरपालिका नै आफूहरुलाई चाहिन्छ भनेर नभनेको उनको भनाई छ । आज (सोमबार) पार्टी मुख्यालय पेसिडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘भरतपुर नभई भएन भनेको छैन। रेनु नभई भएन भन्ने अडान होइन, छ वटा महानगरमा एउटा माओवादीलाई पर्ला। काठमाडौं र विराटनगर भए पनि हुन्छ। ‘जहाँ सजिलो हुन्छ त्यही लिने भनेको हो, मोटामोटी सहमति पनि भएको छ। भरतपुर दिन मोटामोटी सहमति गठबन्धनमा छ। कांग्रेसका केही नेताले मानेका छैनन् तर औपचारिक निर्णय भएपछि यस्ता विरोधले तात्विक फरक पर्दैन।’

उनले स्थानीय तहको निर्वाचन नसर्ने पनि बताए । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पनि विचारको हिसाबले माओवादीलाई नै समर्थन गर्ने बताए । उनले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै भिड्ने पनि बताए । सकेसम्म गठबन्धन गरेर जाने र सहमति नभए एक्लै पनि जाने उनको भनाई छ । Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot