Logo

प्रचण्डलाई उपमहानगरमा दाबी नछाड्न सुझाव



काठमाडौं, ६ बैशाख । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पुर्वस्थायी कमिटी सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चार उपमहानगरपालिकाको नेतृत्व दाबी गर्न आग्रह गरेका छन् ।

चुनावी तालमेलबारे छलफल गर्न अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बसेको बैठकले उपमहानगरमा लचकता नहुन सुझाव दिएका हुन् ।

माओवादीले  जितपुर,–सिमरा, धरान र हेटौडा उपमहानगरको प्रमुख पाउनुपर्ने माग गर्दै आएको हो ।

आज दिउँसो २ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । आजसम्म भएको सत्ता गठबन्धनको बैठकले गरेका निर्णय बारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot