Logo

धनगढी पुगेर प्रचण्डले भने–गभर्नर अधिकारीलाई निलम्बन गर्ने विषयमा प्रधानमन्त्री देउवाको सहमति थियो



काठमाडौं, ८ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा नै गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको बताएका छन् ।

उनले अहिलेको सरकार र गभर्नरबीच सुरूदेखि नै समस्या देखिँदै आएको पनि टिप्पणी गरेका छन् ।

आज (बिहीबार) धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘सरकार र गभर्नरबीच सुरूदेखि नै कहीँ न कहीँ समस्या देखिएकै हो। प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाहमै गभर्नर हटाउने निर्णय भएको थियो, यो कुरा खुलस्त भैसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot