Logo

रुसले पोल्यान्ड र बल्गेरियामा आजबाट ग्याँस बन्द गर्दै



एजेन्सी, १४ वैशाख । रुसले पोल्यान्ड र बल्गेरियामा आपूर्ति गर्दै आएको ग्याँस बन्द गर्ने भएको छ । आजबाट लागू हुने गरी पाइपलाइनबाट आपूर्ति हुँदै आएको ग्याँस रुसले बन्द गर्न लागेको हो ।

रुसको इन्धन कम्पनी ग्याजप्रोमले ग्याँस बन्द गर्न लागेको त्यहाँका ऊर्जामन्त्रीले घोषणा गरेका छन् । पोल्यान्ड र बल्गेरियाले रुसलाई रुबलमा ग्याँसको रकम तिर्न अस्वीकार गरेका थिए ।

बल्गेरियामा ९० प्रतिशत ग्याँस रुसबाट आपूर्ति हुँदै आएको छ । बाँकी ग्याँस अजरबैजानबाट आपूर्ती हुन्छ ।

रुसले पोल्यान्ड र बल्गेरियामा ग्याँस बन्द गर्ने घोषणा गरेसँगै विश्वबजारमा ग्याँसको मूल्य आकाशिएको छ । यो खबरले मात्र पनि अमेरिकी ग्याँसको मूल्य ३ प्रतिशतले बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot