Logo

सुजाता किन मलेशिया उडिन् ?



काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला स्थानीय चुनावको चटारो चलिरहँदा मलेशिया उडेकी छिन् । उनी आज विहान क्वालालाम्पुर उडेको बुझिएको छ ।

विहान साँढे १० बजेको उडानबाट गएकी सुजाताले नियमित स्वास्थ्य चेकजाँच गर्ने बुझिएको छ । क्यान्सरलाई जितेर स्वस्थ भएकी सुजाता नियमित चेकजाँचका लागि जाने गर्छिन् । उनको सिंगापुरमा क्यान्सरको उपचार भएको थियो ।

स्वास्थ्य जाँच गरेर सुजाता आउँदो हप्ताको सुरुमै आउने बुझिएको छ । काठमाडौं आएपछि सिधै विराटनगर गएर चुनावी अभियानमा लाग्ने उनी निकटस्थले बताए ।

सुजाता मोरङको टिकट बाँडफाँडलाई लिएर असन्तुष्ट रहेको बुझिएको छ । तर, पार्टीका उम्मेदवारलाई कुनै हालतमा जिताउनुपर्ने भन्दै मलेशियाबाट फर्किएपछि विराटनगर जाने तयारीमा रहेको निकटस्थले बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot