Logo

कराँची बम हमलाका दुई संदीग्ध पक्राऊ



एजेन्सी, २० वैशाख । पाकिस्तानको कराँचीमा तीन चिनियाँसहित ४ जनाको मृत्यु हुने गरी भएको बम हमलाका दुई संदीग्ध पक्राऊ परेका छन् । पाकिस्तानी अनुसन्धानकर्ताहरुले हमलाका योजनाकारलाई पक्राऊ गरेको जनाइएको छ ।

पक्राऊ परेकाहरुमा कराँची विश्वविद्यालयका विद्यार्थी बेबगर इमदाद र स्थानीय गुल्सन इ इक्बाल रहेको प्रहरीको भनाई उदृत गर्दै एक्सप्रेस ट्रिबुनले लेखेको छ । पक्राऊ परेपछि उनीहरुलाई गोप्य स्थानमा लगिएको खबर छ ।

कराँची विश्वविद्यालयमा गत हप्ता भएको आत्मघाती बम हमलामा तीन चिनियाँ र एक पाकिस्तानी नागरिक मारिएका थिए । मारिनेमध्येका तीन चिनियाँ कराँची विश्वविद्यालयको कन्फ्युसियसन इन्स्टिच्युटका अध्यापक थिए । यसको गहिरो अनुसन्धान भएको थियो ।

अनुसन्धानकर्ताहरुले मोबाइल ट्रयाकका आधारमा संदीग्धहरुलाई पक्राऊ गरेको जनाइएको छ । उनीहरुले हमलाको योजना बनाएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot