Logo

केशव स्थापित मानसिक विचलन भइसकेको व्यक्ति हो : कांग्रेस काठमाडौं सभापति बानियाँ



काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँले नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापित मानसिक विचलन भइसकेको व्यक्ति भएको बताएका छन् ।

रत्नपार्कस्थित शान्तिवाटीकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै सभापति बाँनियाले स्थापित मानसिक विचलन भइसकेको व्यक्ति भएको बताएका हुन् । मानसिक विचलन भएरै जथाभावी बोल्दै गर्ने, सम्मान गर्नुपर्ने महिलाहरूका विषयलाई अपमानित गराउने कार्य गर्दै आएको उनको भनाई छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले मेयरमा सिर्जना सिंहलाई उठाएको भन्दै उनलाई जिताउन सबैमा अनुरोध गरे ।

‘मानसिक रूपमा विचलन भइसकेपछि जथाभावी बोल्दै हिडिरहेका छन् । नेकपा एमालेले त्यस्तो व्यक्तिलाई मेयरमा उठाएको छ । यदि जित्यो भने पनि काठमाडौंकाे विकास कसरी गर्छ ?’ उनले प्रश्न गरे । काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको सभामा गठबन्धनका नेताहरूले सम्बोधन गरिरहेका छन् ।

https://www.facebook.com/radiokathmandu92.1/videos/367551275327067



प्रतिक्रिया दिनुहोस्

Screenshot