Logo

देश निर्वाचनको उत्सवमा, युवाहरुको पाईला रोजगारीको लागि विदेशतर्फ..(फोटोफिचर)



काठमाडौं, ३० बैशाख । आज देशभरि एकै चरणमा स्थानीय तहको निर्वाचन भएको छ । निर्वाचन आयोगले जनाएअनुसार देशव्यापी रुपमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ। छिटपुट घट्नाबाहेक निर्वाचन नै प्रभावित हुने कुनै ठूलो घट्ना नभएको आयोगको दाबी छ ।

मतदान भैरहेको अवस्थामा धेरै युवाहरु भने रोजगारीको लागि विदेशिन बाध्य छन् । उनीहरुलाई यो निर्वाचनले छुन सकेको छैन् । घरपरिवारको सुख र समृद्धिको लागि विदेशिनु उनीहरुको बाध्यता भएको छ । आजपनि हामीले विदेशिन युवाहरुको ठूलो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखेका थियौं । कतिपय युवा भने राजनीति दल र यसका नेतृत्वप्रति असन्तुष्ट सुनिए । तीमध्ये एक युवाले अहिलेका नेताहरुकै कारण आफूहरु विदेशिन बाध्य भएको गुनासो पोखे ।

हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot