Logo

रौतहटमा स्थानीयले मतपेटिका लुटेर भागे



काठमाडौं, ३० बैशाख । रौतहटमा मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका वडा नं २ भिडियाही टोलमा मतपेटिका नै स्थानीयहरूले लिएर खेतखेतै भागेका हुन् । स्थानीयहरुले त्यहाँको सुरक्षा निकायलाई ठूलो चुनौती दिएका छन् । अहिले चुनाव स्थगित भएको छ । थप विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot