Logo

एमालेका जनप्रतिनिधिले गरे बनेपामा शपथग्रहण बहिष्कार



काभ्रे, ८ जेठ । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

नगरपालिकाको आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरेको भन्दै एमालेका निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका हुन् ।

बनेपामा १४ वडा रहेका छन् जसमा एमालेका उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडाअध्यसहित ५ जनप्रतिनिधि निर्वाचित भएका हुन् ।

नगरको प्रमुखमा कांग्रेसका शान्तिरत्न शाक्य र उपप्रमुखमा एमालेकी विमला सापकोटा दाहाल निर्वाचित भएका छन् ।
यस नगरपालिकामा कूल जनसंख्या ६७,६२९ रहेको छ भने कुल मतदाता संख्या ३७,५८१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot