Logo

हवाईजहाज दुर्घटनामा मृत्यु भएका सबैको शव फेला, १२ शव काठमाडौं ल्याइँदै



काठमाडौं, १७ जेठ । आइतबार तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका २२ जनाको शव फेला परेको छ । मृत्यु भएका मध्ये सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो भने आज थप १२ जनाको शव ल्याइँने जनाइएको छ ।

दुर्घटनास्थलमा शव खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो । हवाइजहाज दुर्घटनामा परी २२ जनाको मृत्यु भएको हो । जसमध्ये १४ नेपाली, ४ जना भारतीय र २ जना जर्मनी नागरिक र चालकदलका सदस्य ३ जना विमानमा सवार थिए । सबैको मृत्यु भएको नागरिक उड््यन प्राधिकरणले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot