Logo

म पल शाह निर्दोश भएको हेर्न चाहान्छु : आकाश अधिकारी (भिडियोसहित)



काठमाडौं, २० जेठ । फिल्म निर्माता तथा निर्देशक आकाश अधिकारीले अभिनेता पल शाहलाई निर्दोश साबित भएको हेर्न चाहेको बताएका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको चर्चित कार्यक्रम ‘जनता जान्न चाहान्छन्’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले यस्तो बताएका हुन् ।

शाहलाई उच्च अदालत पोखराले थुनामा राख्ने निर्णय गरेकोमा तपाई के भन्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले पल शाह निर्दोश साबित भएको हेर्न चाहेको प्रतिक्रिया दिए ।

‘पीडितले न्याय पाउनुपर्छ र पीडकलाई कारबाही गर्नैपर्छ, पीडितले पहिला बोलेको सत्य हो की पछि बोलेको सत्य हो, त्यसमा अदालतले छानबिन गर्नुपर्छ । हामी त्यो चाहान्छौ ।’–अधिकारीले भने । उनले निर्दोष व्यक्तिमाथि अन्याय हुन हुँदैन यदि दोषी हो भने सजाय पाउनुपर्ने धारणा राखे ।

उनले पुर्व राजा वीरेन्द्र शाहलाई कलाकारप्रति निकै झुकाव राख्ने र कला,संस्कृति र सिनेमाप्रति चासो राख्ने व्यक्तिको रुपमा सम्झिए ।
अधिकारीले भने,‘पुर्व राजा वीरेन्द्र शाहमा सबैप्रति समान व्यवहार, सबै एकनास हुनुपर्छ, सबैले समान पाउनुपर्छ, सबैले काम पाउनुपर्छ भन्ने भावना थियो ।’

कोरोना भाइरसले सिनेमा उद्योगमा पुर्याएको क्षतिबारे बोल्दै अधिकारीले भने, ‘२०२५ मा गएर यो स्थिति आउथ्यो, चलचित्र उद्योगको त्यो हुनेवाला थियो । तर, २/३ वर्ष अगाडी आउनुको कारण कोभिडको कारणले हो ।’ उनले प्रत्येक १० वर्षमा जेनेरेसन परिवर्तन हुने उनको भनाई थियो ।

उनले भने,‘प्रत्येक १० वर्षमा जेनेरेसन चेन्ज हुन्छ, समाज परिवर्तन हुन्छ, त्यसको साथसाथै लोकेसन, त्यसको साइज, शहर परिवर्तन हुँदै जान्छ र हामीपनि चेन्ज हुँदै जान्छौ ।’

१० वर्षमा काम गरिरहेको बजार, सिनेमामा पनि परिवर्तन आउनै पर्ने उनले धारणा राखे । पछिल्लो समयमा टेक्नोलोजिले फड्को मारेकै कारण राम्रा फिल्म निर्माण भईरहेको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot