Logo

अब माध्यमिक तहसम्मका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने



खोटाङ, जेठ २१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने तयारी थालिएको छ ।

अंग्रेजी माध्यमबाट पठनपाठन गराउन नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र सम्बन्धित वडाका वडाध्यक्षबीच छलफल र अन्तरक्रिया गर्न सुरु गरिएको छ ।

गाउँठाउँमै अंग्रेजी माध्यमबाट पठनपाठन थालिएपछि विद्यार्थी र अभिभावक लाभान्वित हुने भएकाले सो माध्यम अपनाइने तयारी गरिएको नगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयमा समेत अंग्रेजी माध्यमबाट पठनपाठन थालिएपछि धरान, काठमाडौंलगायत जिल्ला सदरमुकाममा बसेर छोराछोरी पढाउनुपर्ने बाध्यता अन्त्य हुने नगरप्रमुख विमला राईको भनाई छ ।

जनप्रतिनिधि, राजनीतिक दलसम्बद्ध नेता, शिक्षक, कर्मचारीले समेत छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन् । छोराछोरीलाई निजी विद्यालय पढाउनकै लागि कतिपय अभिभावक वैदेशिक रोजगारीमा गएका पाईन्छ ।

टाढाबाठाको छोराछोरीजति निजी र अन्यको चाहिँ सामुदायिक विद्यालयमा पढाउनुपर्ने बाध्यता देखिन्छ । अपवादबाहेक टाठाबाठाका छोराछोरी सामुदायिक विद्यालयमा पढने नगरप्रमुख राईले उल्लेख गरे । सामुदायिक विद्यालय अलपत्र परेकाले क्रमशः सुधार्दै लगिने उनले बताए । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्