Logo

स्थानीय सरकारमा युवाका प्राथमिकता



काठमाडौं, जेठ २२ । देशमा संविधान जारी भएपश्चात् हालसालै दोस्रोपटक स्थानीय तह निर्वाचन सम्पन्न भयो । यसपटकको स्थानीय निर्वाचनबाट पनि निर्वाचित हुने युवाको जमात पनि ठूलो छ तर पनि युवाका सवालमा जेजति कार्य हुनुपर्ने हो, त्यति हुन भने सकिरहेको छैन ।

यदि, युवाहरू आफूले चाहे र सोचेजस्तो स्थानीय सरकार हुन्थ्यो भने आफ्नै घरगाउँमा रहन्थे होला । उनीहरूले खोजेजस्तो कुनै अवसर नपाउँदा आफ्नो गाउँ मात्र हैन, देश नै छाडेर विदेश जान बाध्य भएका हुन् ।

स्थानीय तहमा युवा नेतृत्वमा आउँदा समेत आज पनि हरेक दिन बिदेसिने युवाको संख्यामा कमी आउनुको सट्टा झनै बढिरहेको यथार्थ हाम्रासामु यथावत् छ । यसको मूल जड भनेको नै युवाका लागि स्थानीय सरकार र नेतृत्व गर्ने जनप्रतिनिधिले युवालाई प्राथमिकतामा राख्न नसक्नुलाई नै मान्न सकिन्छ ।

जसका कारण युवापिंढी शिक्षा होस् वा रोजगारका लागि घर परिवार छाडेर बिदेसिन बाध्य छन् । यदि स्वदेशमै राम्रो शिक्षा र शिक्षापश्चात् रोजगारीको ग्यारेन्टी हुन्थ्यो भने बिदेसिने युवाको संख्यामा पक्कै पनि कमी आउँथ्यो ।

यसपटकको निर्वाचनमा देशका विभिन्न भू–भागमा राजनीतिक दलका धेरै युवा प्रतिनिधि र केही स्थानमा राजनीतिकभन्दा फरक पृष्ठभूमिका युवाले बाजी मारे । उनीहरूले निर्वाचन जित्नुमा धेरै खुसी युवापुस्ता नै देखिएका छन्, तर उनीमाझ आशा, भरोसासँगै अब युवाका लागि के गर्लान्? प्रश्न चिह्न खडा भएको छ ।

समग्र स्थानीय तहको पूर्वाधार, विकास र प्रशासनलगायत सम्पूर्ण क्षेत्रका लागि महत्वपूर्ण भूमिका त छँदै छ । यसका अलवा अब नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले युवाको मन जित्न पनि युवाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot