Logo

श्रमिक दिवसमा गहुँ काट्न खेतमा पुगे विप्लव



काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ललितपुरको हरिसिद्धिमा पार्टीले सञ्चालन गरेको कृषि फार्ममा गहुँ काट्न पुगेका छन् ।

१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनी पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा गहुँ काट्न गएका हुन् । खेतमा गहुँ काट्दै विप्लवले कार्यकर्ता र सर्वसाधारणलाई श्रमिक दिवसको शुभकामना दिएका थिए ।

विप्लव पछिल्लो समय कृषि कर्ममा व्यस्त गरेका छन् । गत फागुन २५ गते उनी स्याउ रोप्न जुम्ला पुगेका थिए । त्यहाँ उनले दश हजार स्याउको बोट रोपेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot