Logo

चार्ल्सको शतकमा वेस्टइन्डिजले दियो नेपाललाई २२८ रनको विशाल लक्ष्य



काठमाडौं,१९ वैशाख । टी-२० सिरिजअन्तर्गत वेस्टइन्डिजले नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन जोड्यो । उसका लागि जोनसन चार्ल्सले अविजित रहँदै शतकीय पारी खेले ६१ बलमा १३ चौका र ७ छक्का हिर्काएका उनले ११९ रन बनाए ।

त्यस्तै, आन्द्रे फ्लेचरले पनि अर्धशतक बनाए । उनले ३३ बलमा ५३ रन हिर्काए । यस क्रममा उनले ४ चौका र ३ छक्का हिर्काए । फाबियन एलनले ९ बलमा १९ रन तथा एलिक अथान्जेले १० बलमा १७ रनको योगदान दिए ।

नेपालका लागि सागर ढकाल र करण केसीले समान एक विकेट लिए। करणले आफ्नो स्पेलमा ५४ रन खर्चेर १ विकेट लिए। कमलले आफ्नो स्पेलमा ५३ रन खर्चदा विकेट विहिन रहे। 



प्रतिक्रिया दिनुहोस्

Screenshot