काठमाडौं, २४ जेठ । काठमाडौंबाट फोहोर बोकेर पुगेका टिपरलाई स्थानीयले रोकेपछि बन्चरेडाँडामा झडप भएको छ ।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका प्रतिनिधिबीच सोमबार भएको सहमतिलाई लत्याउँदै स्थानीयहरुले विर्सजनमा रोक लगाएपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । झडप अहिले पनि जारी छ ।
सोमबार गरेको सहमति स्थानीयले अस्वीकार गरेपछि महानगरपालिकाले आज प्रहरी लगाएरै भएपनि फोहोर बिर्सजन गर्न खोज्दा झडप भएको स्रोतले जनाएको छ ।
हिजो सहमति हुँदा फोहोर प्रभावित क्षेत्रका जायज माग पुरा गर्ने मन्त्रालय र महानगरको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको थियो । File photo