Logo

मोटरसाइकललाई पहिरोले लग्यो, चालक बाँचे



काठमाडौं, २७ जेठ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सडक भासिएर कार पहिरोमा खस्दा २ जनाको मृत्यु भएको छ।
आँबु गाउँपालिका–४ ड्याममा  शुक्रबार बिहान ४ बजे सडक भासिएको हो ।

तर, मोटरसाइकल चालक भने बाँच्न सफल भएका छन् । चालकले सवारी फालेर ज्यान बचाउँन सफल भएका हुन् । भासिएको सडकबाट बा १० च ४६४९ नम्ररको कार पहिरोमा खसेको थियो । कारमा कति जना सवार थिए त्यसको आधिकारीक विवरण भने अहिलेसम्म आएको छैन् ।

उक्त कारमा सवार दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकमध्ये एक व्यक्तिको पहिचान खुलेपनि अर्का व्यक्तिको भने पहिचान खुल्न सकेको छैन् । गोरखाको सिरानचोक गाउँपालिका स्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन्। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot