Logo

एमसीसी कार्यान्वयनका लागि सरकाले दियो जमिन



काठमाडौं, २ असार । संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपनि कार्यान्वयनको काम सुस्त छ । विशेषगरी ट्रान्समिसन लाइन निर्माणका लागि एमसीसीले काम अगाडि बढाउन खोजेको छ ।

एमसीसी कार्यान्वयन गर्न स्थापित मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाले धमाधम जग्गा माग गर्न थालेको छ । सरकारले रातमाटे सवस्टेसन निर्माणका लागि नुवाकोटको वेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको ३१ जेठको बैठकले जग्गा उपलब्ध गराउने निर्णय गरेको जनाइएको छ । एमसीसी कार्यान्वयनमा जग्गा उपलब्ध गराउने पाटो पनि महत्वपूर्ण बनेको छ ।



प्रतिक्रिया दिनुहोस्