Logo

एमालेले ५ वर्ष सरकार चलाउन पाए अरु पार्टीले साईनबोर्ड झुण्ड्याउन सक्ने अवस्था पनि हुँदैन् : ओली



काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउन पाए अन्य पार्टीको अवस्था साइनबोर्ड झुण्डयाउन सक्ने पनि नहुने टिप्पणी गरेका छन् ।

शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने–‘एमालेले ५ वर्ष मुलुकको शासन व्यवस्था चलाउन पाउने हो भने अरु कुनैपनि पार्टीले पार्टीको साइनबोर्ड राख्न स्थिति नहुने भो’, त्यही भएर मुद्दा मामिला अहिलेको जस्तो ।’

ओलीले देशभक्तहरु काटिने लोकतन्त्र आएको टिप्पणी गरेका छन् । ‘राणा शासन फालेर प्रजातन्त्र भनेर घोषणा भएपछि देशभक्तहरु काटिने, देशभक्तहरु मारिने, विदेश पलायन हुनुपर्ने यस खालका कुराहरु लोकतन्त्र भनिएको समाजमा भयो,’ उनले भने,‘देशभक्त काटिने लोकतन्त्र आएछ ।’

ओलीले लोकतन्त्रका सञ्चालकहरु धेरैजसो गलत व्यक्तिहरु आएको बताए । देशभक्तहरुले बलिदानी दिएर लोकतन्त्र ल्याएको तर यही लोकतन्त्रमा देशभक्त नै काटिनुपर्ने, पलायन हुनुपर्ने अवस्था आएको बताए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्