Logo

प्रेम आलेको विषयमा प्रश्न सोध्दा माधव नेपालले झारा टारे



काठमाडौं, ५ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनकै कारण आफ्नो पार्टीले महानगर र उपमहानगरपालिकामा सफलता हाँसिल गरेको स्पष्ट पारेका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको मत धेरै नै बदर भएको जिकिर गरे ।

उनले आगामी संसद्को निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम रहने दाबी गरे । उनले प्रतिनिधिसभाको निर्वाचनको लागि गठबन्धनमा सिट बाँडफाँटबारे छलफल सुरु गरिने बताए । नेपालले नेपालमा धेरै वामपन्थी शक्तिहरु रहेको उल्लेख गर्दै मूल उद्देश्यका लागि एकता हुने हो भने आफूहरु हातेमालो गरेर जान तयार रहेको सुनाए । उनले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा गोलमोटल जवाफ दिए ।

उनले सन्तुष्ट भनौं भने मन्त्रीहरु फेर्न लागिएको र असन्तुष्ट भनौं भने भोलिको हेडलाईन बन्ने टिप्पणी गरे । उनले अहिले फिर्ता बोलाउन लागिएका मन्त्रीहरु सबैले पार्टी निर्णय मान्ने पनि सुनाए । उनले मन्त्रीहरु हेरफेरको विषयमा केही ढिलाई भएको सुनाए । उनले मन्त्रीहरु छिट्टै परिवर्तन हुने जनाए । पर्यटनमन्त्री प्रेम आलेको अभिव्यक्ति विवादबारे माधव नेपालले सोच र विचार गरेर बोल्नुपर्ने कुरा उल्लेख गरे । उनले विचार पुर्याएर मात्रै बोल्नुपर्ने सुनाए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot