Logo

रोकी राखेको मोटरसाइकल चोरीमा संलग्न पक्राउ



बारा, ८ असार । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

कलैया उपमहानगरपालिका–४ अदालत रोडस्थित रोकी राखेको प्रदेश ०२–०३–०२१प ८०२१ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रौतहट फतुवा बिजयपुर नगरपालिका–९ टोल लक्ष्मीनियाका अरूण चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ मोटरसाइकल तथा चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरीले चौधरीलाई चोरी भएको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

२५ वर्षीय चौधरीमार्फत चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई प्रहरीबाट थप अनुसनधान भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्