Logo

एमाले कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी खोसियो



काठमाडौं, १४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापालाई जिम्मेवारीबाट हटाइएको छ । एमालेको सुदुरपश्चिम प्रदेश कमिटिको बैठकले अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

बैठकले थापालाई जिम्मेवारीबाट हटाएसँगै कार्यवाहकको जिम्मेवारी दुर्गा जोशीलाई दिएको छ ।

प्रदेश कमिटिले आगामी साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न पनि निर्देशन दिइएको छ ।

थापालाई कारवाही गर्न जिल्ला कमिटिले प्रदेशलाई सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot