Logo

सीटीईभीटीमा फेरि असुली धन्दा



काठमाडौं, असार २१ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज ५ देखि ७ लाख रुपैयाँ बार्गेनिङ गरेको आरोप लागेको छ । काफ्लेले विगतदेखि नै विभिन्न खाले असुली धन्दामा आफैं र आफ्नो गोप्य टिमलाई परिचालन गर्ने गरेको सीटीईभीटीका कर्मचारीको दाबी छ ।

यसै क्रममा सदस्य सचिव काफ्लेले अहिले कलेजको अपग्रेडिङ गर्ने क्रममा असुली धन्दा सञ्चालन गर्न थालेको बताइएको छ । कार्यालयका केही कर्मचारीका अनुसार रकम उठाउन सदस्य सचिव काफ्ले आफैंले कलेजलाई टेलिफोन गरी रकम माग गर्न थालेका छन् ।

एक कलेज सञ्चालकका अनुसार सदस्य सचिव काफ्लेले रकम उठाउन सहयोगका लागि कलेज सञ्चालक नेत्र चटौत र भुवनचक्र जोशीलाई प्रयोग गर्दै आइरहेका छन् । काफ्लेमाथि यसअघि पनि केही नर्सिङ कलेजलाई सम्बन्धन दिँदा ५ देखि १० लाखसम्म रकम असुली गरेको आरोप लागेको थियो ।

काफ्ले यसअघिको सरकारको पालामा नियुक्ति भएका हुन् । तर, सेटिङ मिलाउन सिपालु भएकाले वर्तमान सरकार र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको समेत उनी प्रियपात्र बन्दै आइरहेको बताइएको छ ।

सीटीईभीटीका अध्यक्ष एवं शिक्षामन्त्री पौडेलले काफ्लेलाई संरक्षण गरिरहेका छन् । यसरी मन्त्रीले संरक्षण गरेकाले मन्त्री पौडेलले काफ्लेसँग मिलेमतो गरेको प्रस्टै बुझ्न सकिने सीटीईभीटीका कर्मचारीले बताएका छन् ।

परिषद्ले कलेजको अपग्रेडिङको गर्ने निर्णय गत ९ फागुनमा गरेको थियो । सरकारले टीएसएलसी खारेज गरी १८ महिने कोर्सलाई तीन वर्षे कायम गर्ने निर्णय गरेको थियो । चिकित्सासँग सम्बन्धित विषयलाई चिकित्सा शिक्षा आयोगले अप ग्रेडिङ गर्न स्वीकृत दिनुपर्छ । आयोगले मापदण्ड पुगेका १ सय २२ मध्य ६५ वटालाई अपग्रेडिङ गर्न स्वीकृत दिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot