Logo

उपेन्द्रमाथि बाबुरामको आरोपै आरोप



काठमाडौं, असार २९ । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

बाबुराम समूहको मंगलबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो आरोप लगाएका हुन् । बाबुराम र उपेन्द्र समूहबीच विवाद चर्किएको बेला बाबुराम समूहको बैठक मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । उता बुधबारदेखि वीरगन्जमा उपेन्द्र समूहको बैठक बस्दै छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि यादवले एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधि सञ्चालन गरेको दाबी गरेका छन् । संख्यात्मक रूपमा पनि आप्mनो पक्षमा नै बहुमत रहको दाबी उनले गरेका छन् ।

तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलग्गिएपछि खाली रहेको पदमा समेत जनजातिलाई राख्ने आप्mनो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको भट्टराईको भनाइ छ ।

पार्टी दर्ता गराउँदा देखेको आप्mनो सपनामा कुठाराघात भइरहेको उनले बताए । पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने दाबी उनको छ ।

अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनसायका साथ बोलाएको गुटको बैठकलाई मान्यता नदिने पनि उनले बताए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्