Logo

त्रिविद्धारा प्रश्नपत्र हुबहु गर्ने शिक्षकलाई कारबाही, त्रिविका आंगिक क्याम्पसमा पनि प्राध्यापन गर्न नपाउने



काठमाडौं, ३० असार । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र दोहोरिएका विषयको पुनः परीक्षा लिने भएको छ । व्यवस्थापन संकायतर्फको बीबीए छैठौं सेमेस्टारको गत असार २२ गते भएको ‘अर्गनाइजेसन विहेवियर’ विषयको परीक्षा आगामी साउन १ गते पुनः हुने भएको हो ।

विद्यार्थीहरु गत वर्षकै प्रश्नपत्र आएको भन्दै आन्दोलिन हुँदै आएका थिए । गत असार १८ गते शनिबार शंकरदेव क्याम्पसमा बिबिए छैटौं सेमेष्टारको परीक्षामा चौथो सेमेष्टारको प्रश्नपत्र आएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका थिए ।

त्रिविले विश्वविद्यालय, व्यवस्थापन संकायतर्फको परीक्षामा प्रशनपत्रको सम्बन्धमा विभिन्न विवाद उत्पन्न भएपछि त्रिवि कार्यकारी परिषदले छानबिन समितिले गठन गरेको थियो ।

उक्त छानबिन समितिले दिएको प्रतिवेदन अनुसार परीक्षाको नयाँ मिति तोकिएको हो भने प्रश्न निर्माण गर्ने शिक्षकलाई ३ वर्षसम्म डिन कार्यालयका परीक्षा सम्बन्धि कुनै पनि कार्यमा सम्लग्न नगराउने सुझावलाई परिषदले अनुमोदन गरेको छ ।

प्रश्नपत्र निर्माणमा सहभागी शिक्षकहरुले त्रिविका आंगिक क्याम्पसहरुमा ३ वर्षसम्म प्राध्यापन कार्यसमेत गर्न नपाउने भएका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot