Logo

युक्रेन युद्ध लम्बिए नेपालमा के होला



काठमाडौं, १ असार । रुस-युक्रेन युद्ध लम्बिने अवस्था देखिएको छ । रुसी सैनिकले युक्रेनमाथि थप हमला गर्दै बढेका छन् । युक्रेनले पनि अमेरिकालगायत पश्चिमा देशहरुबाट हतियार प्राप्त गरेबाट प्रतिकार गर्ने देखिएको छ ।

युद्धको असर विश्वभर देखिएको छ । इन्धनको मूल्य बढेको छ । खाद्यान्नको मूल्य आकाशिएको छ । यसको असर नेपालमा पनि परेको छ ।
पेट्रोलियम पद्धार्थको मूल्य युद्धअघिको भन्दा पछि तेब्बरले बढेको छ । नेपाली बजारमा पनि विगतमा भन्दा दोब्बरले मूल्यवृद्धि भइसकेको छ ।

इन्धनको मूल्य वृद्धि हुँदा नेपाल आयल निगम अरबौं घाटामा छ । ३१ अर्बभन्दा बढी ऋण लिइसकेको छ । थप ऋण स्वीकृत भएको छ । निगमले तेल बेच्नुनपरोस् जस्तो गर्न थालिसकेको छ । सर्वसाधारणलाई पैदल हिंड्न, साइकल चढ्न र अत्यावश्यक अवस्थामा मात्र सवारी प्रयोग गर्न आग्रह गरेको छ ।

इन्धन खरिदमा खरबौं रकम देश बाहिर जाँदा विदेशी मुद्राको संचिती घटेको छ । रेमिटेन्सले मात्र देशको संकट टरेको छ ।

खाद्यान्नको मूल्य बढेको छ । फलफूललगायतका सामाग्रीको मूल्य पनि आकाशिएको छ । सर्वसाधारण मूल्य वृद्धिको मारमा परेका छन् । आयात ह्वात्तै बढेको छ । यसले देशमा ठूलो समस्या आउने खतरा छ । आयातमा निर्भर अर्थतन्त्र हुँदा देश टाट पल्टने खतरामा छ ।

विलासी सामाग्रीको आयातलाई निरुत्साहित गरिएको छ । तर पनि दैनिक उपभोग्य सामाग्रीको आयातले देशको ढुकुटी रित्तिदै जान थालेको छ । यसले अर्थतन्त्र ठूलो संकटमा जानसक्ने खतरा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot