Logo

प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत कर्मचारी नहटाउ : श्रम मन्त्रालय



काठमाडौं, ३ साउन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीलाई नहटाउन आग्रह गरिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केन्द्रमा कार्यरत करारका कर्मचारीलाई कानुनी प्रक्रियाबाट बाहेक सेवाबाट नहटाउन आग्रह गरेको हो ।

करारका कर्मचारीलाई कानुनी प्रक्रियाबाट बाहेक सेवाबाट नहटाउन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै आग्रह गरेको छ ।

रोजगार संयोजकको पदपुर्ति र सेवा सुविधा सम्बन्धि मापदण्ड २०७६ र स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपुर्ति सम्बन्धि मापदण्ड २०७८ मा व्यवस्था र्भ बमोजिम कार्य सम्पादन मुल्यांकनको आधारमा करार नवीकरण गर्नुपर्नेमा केही स्थानीय तहले कार्यपालिकाको निर्णयका आधारमा करार भंग गरेको जानकारी पाएपछि मन्त्रालयले नहटाउन आग्रह गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot