Logo

एसईई नतिजामा चित्त बुझेन? यसरी दिनुहोस् निवेदन



काठमाडौं, साउन १३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि साउन २७ भित्र निवेदन दिन पाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत ‘परीक्षा नियन्त्रण कार्यालय कक्षा १०’ ले सूचना जारी गरी आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि ५ सय रुपैयाँ निवेदन दस्तुर तिरेर निवेदन दिन आह्वान गरेको हो।

शिक्षक विकास तथा समन्वय एकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot