Logo

छत्रदेव गाउँपालिकाका तत्कालीन अधिकृत जोशीविरुद्ध अख्तियारको मुद्दा



काठमाडौं, १७ साउन । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीमाथि भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

जोशीले सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको पृष्टि भएपछि ४ लाख ४७ हजार ५ सय रुपैयाँ बिगो कामय गरी अख्तियारले आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

छत्रदेव गाउँपालिकामा आ.व. २०७३/०७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामानहरु जोशीले. खरिद गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

अनुसन्धानबाट अधिकृत रामजी जोशी सरुवा भई गए पश्चात कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामानहरु मधये उक्त रकम बराबरका सामग्रीहरु कार्यालयमा नरहेको देखिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot