Logo

केपी ओलीविरुद्ध चुनाव लड्ने माओवादी युवा नेता रञ्जित तामाङको घोषणा (भिडिओसहित)



काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का युवा नेता रञ्जित तामाङले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन् । प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मैले जहाँ यो देशले प्रतिगमनको सामना गर्नुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनुपर्ने, सडकमा लड्नुपर्ने, र जोबाट हामीले यो देशको विकास र समृद्धि अपेक्षा गरेका थियौं, उसले विकास र समृद्धिको विरुद्ध जहाँ धावा बोल्यो, मैले पार्टीलाई भनेको छु कि म केपी ओलीको निर्वाचन क्षेत्रमा लड्न चाहन्छु, गठबन्धनले मलाई टिकट दिओस, गठबन्धनलाई पनि मैले यो कुरा भनिसकेको छु ।’

यद्धपी उनले आफूहरु पार्टी पद्धतीमा रहेको र विधि र पद्धतीलाई आत्मसात् गर्नुपर्ने भएकोले स्वतन्त्र उम्मेद्धवारहरुले घोषणा गरेझैं गरेर हिँड्न नमिल्ने बताए ।



प्रतिक्रिया दिनुहोस्