Logo

टानको केन्द्रीय सदस्यमा पर्यटन व्यवसायी बन्जाराद्धारा उम्मेदवारी घोषणा



काठमाडौं, २७ साउन । ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को केन्द्रीय सदस्यमा पर्यटन व्यवसायी तथा समाजसेवी रामप्रसाद बन्जारा (रिचार्ड)ले उम्मेदवारी घोषणा गरेका छन् ।

२५ वर्षीय बन्जाराले आगामी साउन ३० गते हुने टानको ४४औं साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने चुनावमा बन्जाराले निलहरी बास्तोला समुहबाट उम्मेदवारी दिने बताए ।

१५ वर्षकै उमेरदेखि ट्रेकिङ व्यवसाय एवं पर्यटन प्रवर्धनमा लागेका युवा व्यवसायी राम यामप्रसाद र यमकुमारीको पहिलो सन्तानका रुपमा धादिङको त्रिपुरासुन्दरी–४ कार्कीगाउँमा २०५३ सालमा जन्मिएका हुन् ।

बन्जाराले काठमाडौंमा सरसफाइ अभियानबाट समाजसेवा यात्रा सुरु गरेका थिए । युवा समाजसेवी बञ्जाराले कोभिड–१९ को महामारीमा बेलायतस्थित संस्था खाल्सा–एड इन्टरनेसनलसँगको सहकार्यमा त्रिपुरासुन्दरी–४ सल्यानकोट स्वास्थ्य केन्द्रमा स्वास्थ्य र राहत सामग्री वितरण गरेका थिए ।

उनी भारत, बंगलादेश, थाइल्यान्ड, इन्डोनिसिया, मलेसिया, सिंगापुरलगायतका देशहरुको भ्रमण गरिसकेका छन् ।

टान निर्वाचनमा अध्यक्ष पदका लागि तीन व्यवसायी चुनावी प्रतिस्पर्धामा छन् । नीलहरि बाँस्तोला, कमल सापकोटा र बोधराज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा एमाले निकट पर्यटन व्यवसायी संगठन र नेकपा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी संगठनले चुनावी समर्थन गर्ने भएका छन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot