Logo

यसकारण टानको अध्यक्षमा रामप्रसाद सापकोटाको उम्मेदवारी



काठमाडौं, २८ साउन । ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा पर्यटन व्यवसायी तथा समाजसेवी राम प्रसाद सापकोटा (कमल)ले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी साउन ३० गते हुने टानको ४४औं साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने चुनावमा सापकोटाले प्यानलसहित उम्मेदवारी दिएका हुन् ।

उनको नेतृत्वमा समावेशी र व्यवसायीक व्यक्तित्वहरुले उम्मेदवारी दिएका छन् ।

धादिङ्गको निलकण्ठ नगरपालिका १० ज्यामरुङ्गमा जन्मिएका सापकोटा स्थापित पर्यटन व्यवसायी हुन्। पदयात्री पर्यटकको भरिया बनेर नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुमा उकाली चढेको अनुभव समेत बोकेका उनले गाइड (पथप्रदर्शक) को रुपमा फड्को मारे । उद्यमी बन्ने सपनाले उनको मनमा घर गर्न थालेपछि ट्रेकिङ्ग व्यावसाय शुरु गरेका सापकोटाले सन् २००४ मा माउन्टेन डिलाइट ट्रेकिङ्ग एण्ड एक्सपिडिसनवाट व्यापारिक दुनियाँमा प्रवेश गरेका थिए ।

उनको स्वामित्वमा काठमाडौंको ठमेलमा काठमाडौं गार्डेन होम होटल र माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभल सापकोटाले संचालन गर्र्दै आएका छन् । निकट भविष्यमा उनले सुर्यचौर नेचर रिट्रिट प्रा.ली., सुर्यचौर प्याराग्लाईडिङ्ग प्रा.ली र कम्युनिटी फार्म हाउस पनि सञ्चालन गर्ने उद्देश्य राखेका छन् । युरोप र एशियागरि १५ भन्दा बढी मुलुकमा भ्रमण गरेका उनले अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत ज्ञान हासिल गरेका छन् ।

व्यवसायसँग सँगै सामाजिक सेवामा समेत सक्रिय रहेका उनले नेपालका दुर्गम भेगमा शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणमा योगदान पुरÞ्याउँदै आएका छन् । त्यसैगरि टुकी नेपाल, लायन्स क्लब, रेडक्रस सोसाइटी र हेड्स नेपाल जस्ता सामाजिक संस्थाहरुमा पनि आवद्ध छन् ।

भिटोफ नेपालको अध्यक्ष रहि सफल नेतृत्व प्रदान गरेको अनुभव उनीसँग छ । व्यवसाय र समाजसेवामा सक्रिय भएसँगै उनले दर्जनौं संघ संस्थाहरुबाट अवार्ड समेत प्राप्त गरिसकेका छन् ।

उनले ’समाजिक उद्यमशिलता अवार्ड २०११’, ’युथ ईन्सापाइरेशन अवार्ड २०१९ बंगलादेश, टुरिजम म्यानअफ दि इयर २०१७, माउन्ट एभरेष्ट टुरिजम प्रमोसन एम्बेसडर अवार्ड २०१६, सस्टेनेबल टुरिजम अन्तर्राष्ट्रिय अवार्ड २०१३ लगायत दर्जनौं अवार्ड प्राप्त गरेका छन् ।

रोहित भण्डारीद्वारा लिखित नेपालमै संभव छ प्रेरणाका २३ पात्र नामक पुस्तकमा समेत सापकोटाको प्रोफाइल छापिएको छ । आगामी साउन ३० गते हुने ट्रेकिङ्ग एजेन्सीज एशोशिएसन अफ नेपाल टानको निर्वाचनमा उनले अध्यक्षको उम्मेदवारी दिएका छन् राज्य र सरकारका निकायहरुसँग समन्वयकारी भूमिका निर्वाह गरी टानलाई परिस्कृत र व्यवस्थित बनाउने उनको लक्ष्य छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot