Logo

शीर्ष ३० मा पनि परेनन् मेसी र नेइमार



काठमाडौं, साउन २९ । सात पटकका बालोन डी’अर विजेता लियोनल मेसी यस पटक भने सो अवार्डका लागि सार्वजनिक शीर्ष ३० को सूचीमा समेत पर्न असफल भएका छन्।

मेसीले गत वर्ष पनि सो अवार्ड जितेका थिए। सन् २००६ देखि निरन्तर मनोनयनमा पर्दैै आएका मेसी सन् २००७ पछि भने सन् २०१७ सम्म तथा २०१९ देखि २०२१ सम्म लगातार शीर्ष तीनमा अटाउँदै आएका थिए। यस पटकको अवार्ड समारोह अक्टोबर १७ मा पेरिसमा हुनेछ।

गत सिजन मेसी बार्सिलोनासँगको २१ वर्षको सम्झौतामा पूर्णविराम लगाउँदै फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन ९पिएसजी० गएका थिए। तर उनका लागि पिएसजीमा पहिलो सिजन भने सुखद भएन।

मेसीले गत सिजन लिग वानको २६ खेलमा मात्र ६ गोल गरेका थिए। सबै खाले प्रतियोगितामा भने उनले कुल ११ गोल गरेका थिए। च्याम्पियन्स लिग जित्ने महत्वाकांक्षी योजना बनाएको पिएसजी अन्तिम १६ मा रियाल मड्रिडसँग निराश भएको थियो।

त्यस्तै पिएसजीकै नेइमारले पनि शीर्ष ३० मा स्थान बनाउन सकेनन्।उनले गत सिजन पिएसजीका लागि २८ खेलमा १३ गोल गरेका थिए। रियाल मड्रिडलाई कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमालाई यस पटक बालोन डी अ’रको मुख्य दाबेदारका रूपमा हेरिएको छ। उनले गत सिजन च्याम्पिन्स लिगमा १५ गोल गरेका थिए।



प्रतिक्रिया दिनुहोस्