Logo

शुक्रबारदेखि महाकालीमा बेपत्ता दुई किशोरी अझै भेटिएनन्



बैतडी, साउन २९ । शुक्रबार महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अझै भेटिएका छैनन्। जिल्लाको दशरथचन्द नगरपालिका– ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा नदीमा बगेपछि अहिलेसम्म बेपत्ता रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए।

उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। शुक्रबार दिउँसो २ बजे नुहाउने क्रममा महाकाली नदीस्थित मौराबाट बेपत्ता भएका थिए।

महाकाली नदी तटीय क्षेत्रको बैतडीसहित डडेलधुरा र कञ्चनपुरका साथै भारतीय सीमा सुरक्षा बललाई पनि खोजीको लागि आग्रह गरिएको प्रहरीले जनाएको छ। नदीमा पानीको बहाव र धमिलो पानीले बेपत्ता किशोरीको खोजी गर्न समस्या भएको छ।



प्रतिक्रिया दिनुहोस्