Logo

सन्दीप लामिछानेको मुद्दाको पेसी आज



काठमाडौं, वैशाख १६ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनमाथि आज पेसी तोकिएको छ ।

गत सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा रहेकोमा सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot