Logo

कालीबराहमा मुर्तिको प्राण प्रतिष्ठा, लेतेमा भव्य सम्मान



मुस्ताङ, श्रावण ३० । स्वर्गीय राम गौचनको १५औं स्मृति दिवसको अवसरमा मुस्ताङको थासाङ गाउँपालिका स्थित कालिबराह थानमा मुर्ति स्थापना गरिएको छ ।

राम गौचन फाउण्डेसनकी अध्यक्ष बिमला गौचनको पहलमा कालिबराह थानमा कालिबराह मुर्तिको औपचारिक रुपमा प्राण प्रतिष्ठा गरिएको हो ।

सोही कार्यक्रमका बीच स्थानीय तह निर्वाचन–२०७९बाट निर्वाचित मुस्ताङको थासाङ गाउँपालिका सहित पाँच वटै वडाका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो भने सोही कार्यक्रमकाबीच नेपाल पत्रकार महासँघका सचिव सुशीलबाबु थकाली र गाउँपालिकाका इन्जिनियर श्याम मिजारलाई समेत भव्य रुपमा सम्मान गरीएको थियो ।

राम–बिमला फाउण्डेसन म्याग्दीको आयोजनामा भएको उक्त कार्यक्रममा स्वर्गीय राम गौचनको मुक्तकण्ठले प्रशंसा गरिएको थियो । फाउण्डेसनको अध्यक्ष तथा स्वर्गीय राम गौचनकी धर्म पत्नि बिमला गौचनको अध्यक्षता भएको उक्त कार्यक्रममा स्वर्गीय राम गौचनको जीवनकथा र उनको संघर्षको बयान स्मरणीय रहेको थियो । यसैबीच स्वर्गीय राम गौचनले लामो समय सामाजिक, राजनैतिक, आर्थिक, व्यवसायीक, पर्यटन, शैक्षिक र निर्माण व्यवसाय लगायतका क्षेत्रहरुमा पु¥याउनु भएको योगदानको चर्चा समेत गरिएको थियो ।

सोही कार्यक्रमका बीच राम– बिमला फाउण्डसनकी अध्यक्ष बिमला गौचनले मुस्ताङको थासाङ गाउँ पालिका अन्तरर्गत कालिबराह लेकमा कालिबराह थानको मुर्ति प्राण प्रतिष्ठाको समेत स्थापना गरेका थिए । मुस्ताङको थासाङ गाउँपालिका भित्रको पर्यटनलाई प्रवद्र्धन गर्न र बिकास गर्न मुर्ति स्थापना आवश्यक रहेको फाउण्डसनकी अध्यक्ष बिमला गौचलने बताइन् ।

२०४० सालतिर व्यवसायको शिलशिलामा मुस्ताङबाट म्याग्दीको सदरमुकाम बेनी झरेका गौचन दम्पतिले सुरु गरेका सामान्य होटल तथा रेष्टुरेण्ट व्यवसायले नै आज जीवनको मोडहरु परिवर्तन गरिदिएको छ । सफल व्यवसायीको रुपमा छोटो समयमै आफ्नो नाम र व्यवसाय सदरमुकाम अनि आसपासका जिल्लाहरुमा परिचित गराएका स्वर्गीय राम गौचनको भौतिक शरिर हामी माझ नभएता पनि आम मुस्ताङबासी र नेपालीहरुकोे लागि भने सधैं मानसपटलमा छाइरनेछ ।

फाउण्डेसनकी अध्यक्ष गौचनका अनुसार स्वर्गीय गौचनले दुखी गरीबहरुको लागि सधैं दिलो ज्यान दिएर लागिपर्ने गरेको बताइन् । तत्कालीन अवस्थामा मुस्ताङ जस्तो बिकट ठाउँमा जन्मेर पनि शैक्षिक उन्नयनको लागि सधैं आवाज उठाइरहनु चानचुने कुरा नभएको अध्यक्ष गौचनले बताइन्, उनले भनिन्–“ मेरो श्रीमान् दिन दुखि अनि गरिबहरुको लागि भगवान सराबर हुनुहुन्थ्यो ।” मुस्ताङकै माटो र ढुङ्गाको आकारसँगै पौठेजोरी गर्दै हुर्केको गौचन लामो समय शिक्षण पेशामा समेत आवद्ध थिए । मुस्ताङको भूगोलसँग चिर परिचित गौचन राजनैतिक क्षेत्रमा समेत कृयाशील भएर लागिपरेको अध्यक्ष बिमला गौचनले बताइन् ।

२०३७ साल बैशाख ६ गते स्वर्गीय राम गौचनसँग बैबाहिक जीवनमा बाधिनु भएकी गौचनले नारीहरु समाजको कामका सकृय भएर लाग्न समेत आग्रह गरिन्, उनले भनिन्–“अब नारीहरु हातमा दही जमाएर बस्ने होइन समाजको केही राम्रो काममा अग्रसर हुनपर्छ ।” लोभ लालच भन्दा पनि समाजको लागि सकारात्मक भएर अगाडी बढ्न आजको महिलाहरुलाइ गौचनले आग्रह गरिन् । आफू स्वयं एकल महिला भएको र समाजमा एकल महिलालाई हेर्ने नजर नै भिन्न भएकोले गर्दा सम्पूर्ण नारीहरुलाई यस बिषयमा गम्भिर भएर सोच्नको लागि समेत आग्रह गरिन् । आफ्नो पौरख र मेहनतलाइ शिरोपर गर्न कहिल्यै पनि कन्जुस्याइ गर्न नहुने समेत गौचनले बताइन् । उनले भनिन्,“अहिलेको समयमा महिलाहरुले नै लोकतन्त्रलाइ बचाउन सक्छ र यो सम्भव पनि छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot