Logo

तनहुँको उपल्लोफाँटमा भैँसीले २ वटा टाउको पाडो भएको जन्माएपछि मृत्यु



साउन ३१, तनहुँ । तनहुँको बन्दिपुर-१ उपल्लोफाँटमा भैँसीले २ वटा टाउको भएको पाडो जन्माएपछि मृत्यु भएको छ ।

पाडो जन्माएपछि अस्वस्थ बनेको भैँसीको उपचारका क्रममा मृत्यु भएको हो । पाडो पनि मृत जन्मिएको थियो  स्थानीय बिजया खनालले पालेको भैसीले २ वटा टाउको भएको पाडो जन्माएको हो ।

त्यसपछि बिरामी भएको भैँसीको  लगातार ५ घण्टासम्म बचाउने प्रयास गरिएको स्थानीय अगुवा वासु पन्तले जानकारी दिए ।

उपचारमा डा. बालकुमार श्रेष्ठ लगाएको टिमले काम गरेको थियो । विरामी भैँसीको उद्भारमा  रामहरी बि.क., बन्दिपुर गापा पशु शाखा प्रमुख मधु बिलास न्यौपाने लगायत खटिएका थिए । (तस्विर : वासु पन्त ´कृष्ण´ )



प्रतिक्रिया दिनुहोस्

Screenshot