Logo

१२ को उत्तरपुस्तिका परीक्षण सकियो, केही दिनमै नतिजा सार्वजनिक



काठमाडौं, भदौ ३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलको प्रकाशन अन्तिम तयारी थालेको छ । बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकाएर प्राप्तांक चढाउने तथा ‘कम्प्युटर इन्ट्री’ थालिसकेको छ । प्राप्तांक कार्य सम्पन्नसँगै परीक्षाफल प्रकाशन तयारी हुनेछ ।

गत १६ देखि २५ जेठसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । बोर्डका अनुसार भदौ दोस्रो सातासम्म प्राप्तांक चढाउने काम सकाएपछि परीक्षाफल प्रकाशन तयारी गरिनेछ ।

यसपटक नतिजा प्रकाशन ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार हुने जनाइएको छ । सो निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अंक ल्याएको हुनुपर्नेछ ।

तोकिएको अंकभन्दा कम ल्याएमा प्रमाणपत्रमा ‘एनजी’ अर्थात् ‘नन ग्रेडिङ’ लेखिनेछ । ‘एनजी’ लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न पाउने छैनन् ।

यसअघि, कक्षा १० को एसईई परीक्षा नतिजामा पनि ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार न्यूनत्तम ३५ अंक नल्याए ‘एनजी’ कायम गर्ने तयारी गरिएको थियो । अन्तिम समय आएर सो निर्णयबाट पछि हटेको बोर्डले कक्षा १२ मा भने ‘लेटर ग्रेडिङ निर्देशिका’ कार्यान्वयन गर्दै छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्