Logo

डिभिजन वन कार्यालयको हिरासतमा मृत्यु भएका लामिछानेको छानबिन गर्न समिति गठन



काठमाडौं, ३ भदौ । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका धनीराम लामिछानेको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।

५८ वर्षीय लामिछानेको मृत्यु प्रकरणबारे आवश्यक छानबिन गर्न मुख्यमन्त्री तथ मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो ।

उक्त समितिले घटनाको बारेमा सातदिन भित्र छानबिन गरी प्रतिवेदन बुझाउन समेत निर्देशन दिइएको हो । डिभिजन वन कार्यालय सुर्खेतमार्फत लामिछाने वनसम्बन्धि मुद्दामा पक्राउ परेका थिए । तर, प्रहरीले भने वन कार्यालय पुर्याउँदा बित्तिकै उनको मृत्यु भएको जनाएको छ । मृतक लामिछानेको आफन्तले भने प्रहरीको हिरासतमा कुटपिटबाट मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका छन् । आफन्तले प्रहरी कार्यालय सुर्खेतमा चारजना विरुद्ध किटानी जाहेरी दिएका छन् ।

किटानी दिएकाहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएपनि आफन्तले अहिलेसम्म शव बुझेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot