Logo

विश्वप्रसिद्ध सद्गुरू नेपाल आउँदै



काठमाडौं, ९ भदौ । विश्वप्रसिद्ध सदगुरु नेपाल आउने भएका छन् । भदौ १७ गते ललितपुर गोदावरीस्थित हुने कार्यक्रमलाई प्रवचन दिन नेपाल आउन लागेका हुन् । ईशा फाउन्डेसन नामक मानवसेवी संस्थानका संस्थापकसमेत रहेका सदगुरुले ‘माटो जोगाऔँ’ अभियान विश्वभर सञ्चालन गर्दै आईरहेका छन् ।

सदगुरुको ‘सेभ सोईल’ अन्तर्गतको कार्यक्रमलाई लाइभ नेपाल नामक कम्पनीले बजार व्यवस्थापन गर्नेछ भने उक्त कार्यक्रमको आम जनमानसमा पुर्‍याउन टेलिभिजन तथा सामाजिक सञ्जाल मार्फत नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

विश्वभर माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित हुनुपर्ने कुराको प्रचारमा टेलिभिजन आफ्नो सामाजिक दायित्व पुरा गर्न प्रत्यक्ष प्रसारण गर्न लागेको नेपाल नेटवर्क टेलिभिजनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot