Logo

बैद्यको पार्टीले मंसिर ४ गतेको चुनावलाई सक्रिय रुपमा बहिष्कार गर्ने



काठमाडौं, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको विशेष बैठकले निर्वाचनलाई सक्रिय रूपमा बहिष्कारको नीति अवलम्बन गर्ने निर्णय गरेको हो ।

उक्त नीति तथा निर्णयको दृढ कार्यान्वयनका लागि पार्टीले विभिन्न कार्यक्रमहरूको आयोजनासमेत गर्ने भएको छ । संघ तथा प्रदेश दुवै तहको संसदीय निर्वाचन स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित उदारवादी हिसाबले सम्पन्न गरिने नभई वर्तमान राज्यसत्ता तथा व्यवस्थाका प्रतिनिधिहरूद्वारा फासीवादी ढङ्गले प्रस्तुत हुने देखिएको पार्टीको ठहर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot