Logo

काँग्रेसमा समानुपातिक उम्मेदवार भइसकेकाहरु फेरि सूचीमा नपर्ने, यस्तो छ मापदण्ड



काठमाडौं, २९ भाद्र । नेपाली काँग्रेसमा समानुपातिकतर्फ बन्दसूचीमा यसअघि नाम परिसकेका कोहीपनि नअटाउने भएका छन् ।

समानुपातिकतर्फ सांसद भइसकेका र उम्मेदवारको रुपमा नाम पनि बन्दसूचीमा परिसकेकाहरु कोही पनि नदोहोरिने गरी मापदण्ड तय भएको हो ।

कााग्रेस संसदीय समितिको बैठक बसी मापदण्ड तय गर्दा अघिल्लोपटक समानुपातिकको उम्मेदवार बनेकाहरु प्रतिनिधि सभा र प्रदेशतर्फ कतैपनि फेरि नपर्ने गरी निर्धारण गरिएको हो । स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुको पनि समानुपातिकतर्फ उम्मेदवारका रुपमा नाम नपर्ने भएको हो ।

समानुपातिकको सूचीमा पर्न उमेर, योग्यता, क्षमता, लोकप्रीय मत थप्न सक्ने व्यक्ति हुनुपर्ने गरी मापदण्ड बनाइएको छ । योसँगै काँग्रेसमा २०७४ मा समानुपातिकतर्फ सांसद भइसकेकाहरु या त प्रत्यक्षतर्फ टिकट पाएर चुनावमा जानुपर्ने या त चुपचाप पार्टीका उम्मेदवारलाई सघाउनुपर्ने वाध्यतामा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot