Logo

टिभीएसको नयाँ एनटर्क–१२५ सुपरस्क्वाड संस्करण नेपालमा



काठमाडौं, ५ असोज । टिभिएस मोटर कम्पनीले टिभीएस एनटर्क–१२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । आइतबार कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरी टिभिएस एनटर्क–१२५ नेपालमा लन्च गरेको हो।

इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध यो स्कुटर नेपाली बजारमा लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।

सार्वजनिक कार्यक्रममा टिभीएस मोटर कम्पनीका इन्टरनेसनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले सुपरस्क्वाड नेपालमा ब्लकबस्टर बन्न सक्ने आधार रहेको बताए ।

उनले भने, ‘‘टिभीएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिंग प्रेरित पर्फमेन्स र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीले नयाँ जेनेरेसनका ग्राहक आकर्षित गर्न सक्छ। सुपरस्क्वाड संस्करण ब्लकबस्टर हुनेमा हामी विश्वस्त छौँ ।’’



प्रतिक्रिया दिनुहोस्

Screenshot